धनुषामा २५ राउन्ड हवाई फायर

  जेठ ०२, २०७९

मिडियाबाजी डटकम काठमटडौं । धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।
स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको मिडियाबाजीलाई बताए । मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर