प्रधानमन्त्रीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

  जेठ ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज समुद्घाटन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मुलुक हवाई उडानको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै उनले यो विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए ।
सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे । नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकको विकासमा टेवा पुग्ने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल थपिएसँगै हवाई उद्योग चलायमान हुने प्रस्ट पारे । आज समकक्षी भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको पनि लुम्बिनीमा स्वागत कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर