मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो । L