देशका भिन्न भिन्न तीन ठाउँमा तीन जना मृत फेला

  कार्तिक २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २९।देशका भिन्न भिन्न तीन ठाउँमा तीन जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडेगलेको अवस्थामा सोमबार फेला परेको छ ।

सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिकै खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । तीनै स्थानमा फेला परेका मृतकहरूको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर