मिडियाबाजी डटकम काठमाडौं ,कार्तिक २९। राजधानीमा विश्व मधुमेह दिवस २०७९ को अबसरमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
शुभेक्षा ईन्टरनेशनल हस्पिटलले बिगतको समयमा पनि विभिन्न अबसर पारेर सामुदायिक आँखा शिविर पनि सन्चालन गर्दै आईरहेको छ। यो शिबिर विशेष गरि अस्पताल मा नियमित चेक जाँच गर्न आउने बिरामी तथा वरपरका बिरामी हरुको लागि थियो।आँखा जाँच गर्न नियमित चेक जाच गर्न आउने बिरामीहरू थिए भने रगत जाँच,चस्मा तथा फार्मेसीमा बिशेष छुट सहित्को सुबिधा प्रदान गरेको थियो।

अस्पतालमा सुगरको बिरामिको लागि हरेक महिनाको पहिलो शनिबर नि: शुल्क ब्लड सुगर टेस्ट पनि लामो समय देखि गर्दै आईरहेको छ।आँखा चेक गर्न धेरै बिरामीको उपस्थित भएको भएता पनि दृष्टि विशेषज्ञ प्रबिना श्रेष्ठ – बच्चा देखि ८३ बर्षको बृद्द बुबालाई पनि हेरे। अहिले को बच्चाहरूको भन्दा उहाहरूको आँखा उमेर अनुसार त्यति कमजोर देखिएन, तै पनि आँखा को हेरविचार हामीले नियमित रुपमा चेक जाँच गरेर पनि अवस्थामा बारे थाहा पाउन सकिने हुनाले कम्तिमा ६ महिनामा गर्नुपर्ने बताउनु हुन्छ।
मधुमेहले आँखामा पनि समस्या देखिने भएकोले यस्तै कार्यक्रम पुनः हुनुपर्ने बाफल निवासी बिराज मल्ल बताउँछन् । उनी आफुलाई मधुमेह भएपछि केही समस्या देखिएकोले नियमित यहि आएर सुगर टेस्ट र आज आँखा जाँच गराएको बताउछन्।’ अब फेरि मंसिर को पहिलो शनिबर पनि सुगर टेस्ट गर्न आउँछु।सधैँआउनेछु’ उनी भन्छन्।