निर्वाचनको लागि मंसिर दुई गतेदेखि पाँच गतेसम्म सार्वजनिक विदा

  कार्तिक २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २९। सरकारले आसन्न निर्वाचनको लागि मंसिर दुई गतेदेखि पाँच गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ।

निर्वाचनका लागि सरकारले निर्वाचन हुने क्षेत्रमा रहेका शिक्षण संस्था तथा विद्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म र अन्य सार्वजनिक तथा सरकारी संस्थाहरूमा मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पढ्नुहोस् गृहमन्त्रालयको सूचना:-

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर