आषाढमा खर्ब नाघेको रेमिट्यान्स श्रावणमा अर्बमा

  भदौ ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र ३०। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना श्रावणमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा छ । गत साल २०७८ श्रावणको तुलनामा रेमिट्यान्स बढेको भएपनि गत महिनाको तुलनामा भने श्रावणमा रेमिट्यान्स घटेको छ ।

२०७८ आषाढमा १ खर्ब ३ अर्ब १३ करोड रेमिट्यान्स प्राप्त भएकोमा साउनमा करिब ११ अर्बले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको तुलनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर