सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्यो

  श्रावण ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, आइतबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको थियो

तपाईंको प्रतिक्रिया

थप खबर