मिडियाबाजी डटकम काठमाडौं,आषाढ ३१। नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ ।
सरकारले सिंहलाई आईजीपी बनाए लगत्तै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् । तर एआईजी पोखरेल कार्यालय भने गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।