काठमाडौंको बल्खुबाट दश बिचौलिया पक्राउ

  असार ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,आषाढ ३१। काठमाडौं बल्खुबाट आज दश जना बिचौलियाहरूलाई पक्राउ गरेको छ। बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुलाई हैरान पारेको आरोपमा दश जना बिचौलियालाई पक्राउ गरेको कालीमाटी वृत्तका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले मिडियाबाजीलाई जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-९ का ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुर लिल्बुजुंग गाउँपालिका-४ का २२ वर्षीय संजय तामाङ, भारत बिहार राज्य पहाडपुर पोटवा थाना-८ का २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कैलाली धनगढी नगरपालिका-१६ का २१ वर्षीय राजु थापा र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ का २९ वर्षीय आकाश तामाङ छन्। यस्तै, पर्सा वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय राजीवकुमार सिंह, सिन्धुली कमलामाई नगरपालिका-१३ का ३० वर्षीय नितिशजंग राणा, सर्लाही लालबन्दी नगरपालिका-४ का २९ वर्षीय रविन्द्र चौधरी, इलाम श्रीनन्द नगरपालिका-३ का २९ वर्षीय दोर्जे गुरूङ र काठमाडौं दक्षिणकाली नगरपालिका-१ का ४० वर्षीय राम तामाङ पक्राउ परेका छन् ।

उनका अनुसार बल्खुस्थित टाटा सुमो काउण्टरमा केही व्यक्तिहरूले लाग्ने भाडाभन्दा बढी भाडा लिएर हैरानी गरेको गरेको सूचना प्रहरीले पाएको थियो। उनीहरूले जबर्जस्ती यात्रुहरूलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको समेत दिएको घिमिरेले बताए।प्रहरीले उनीहरूलाई शुक्रबार बल्खुबाट पक्राउ गरेको हो।पक्राउ परेकालाई मुलुकी फौजदारी अपराध कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप भई प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर