जगाती यातायात कार्यालय सर्नुमा आर्थिक चलखेल भएको अनुमान

  असार ३१, २०७९

आर्थिक चलखेलका बीच अरनिको राजमार्ग सँगै रहेको यातायाता व्यवस्था कार्यालय साँघुरो बाटो भएको राधेराधेको अनकण्टामारमा सर्ने नै भएको छ । कार्यालय सर्ने सूचना पाएपछि टोलसुधार समिति ,व्यवसायिक प्रतिष्ठान,लेखापढी ब्यबसायी लगायतले बिरोध जनाउँदै पत्रकार सम्मेलन गरेका थिए । पहिलेको घरधनीसँगको घरभाडा सम्झौता अवधी नसकिकनै आर्थिक चलखेलका कारण घरभाडा सम्झौता नै नगरी सर्ने समाचार आउन थालेपछि आज कार्यालय प्रमुख प्रदेशको मन्त्रालय तर्फ हानिएका छन् भने शाखा अधिकृतले सूचना जारी गरि असार ३१ गते कार्यालय बन्द रहने र साउन १ गतेदेखि राधेराधेको नया कार्यालयबाट सेवा प्रवाह हुने जानकारी गराएका छन्।

ल हेर्नुस् सूचना

जगातीको खुल्ला क्षेत्र तथा दुई तर्फ बाटो अनी पर्याप्त पार्किङ भएको स्थानमा समेत ठाउँ अपुग भएको यातायात कार्यालय राधेराधेको माईक्रो बस पार्क पछाडी भुकम्पले धक्का पुगेको पुरानो घर र साँघुरो गल्लीमा सर्न लागेको हो । साँघुरो गल्ली पुरानो घर अनि सेवाग्राहिकोलागि अपायक स्थानमा कार्यालय सर्नुमा यातायात व्यवस्था कार्यालय प्रमुखको आर्थिक चलखेल नै भएको खुल्न आएको हो। पुरोनो घर अनि मापदण्ड समेत नपुग्ने स्थानमा कार्यालय सार्दा उनले ठूलै आर्थिक चलखेल गरेको सजिलै अनुमान लगाउन सकिन्छ। उनले सम्बन्धित निकायमा समेत नजराना चढाएको हुन सक्ने पीडितहरू बताउँछन्।

घरबेटीसँग पनि तीन महिनाको भाडा आफैले पाउनु पर्ने सर्त सहित कार्यालय राधे राधे सर्न लागेको एक कर्मचारीले बताए । उनका अनुसार जगातीमा भएको कार्यालय भवनका घरबेटीले एक महिनाको पनि पैसा हाकिमलाई नजराना बुझाउन मानेनन् अनि वरपरका पसलेहरूसँग हाकिमले पसलै पिच्छे ५० हजार मागेका थिए जुन कसैले पनि दिन नमानेपछि सार्वजनिक खरिद ऐन नै मिचेर एकलौटी हिसावले प्रमुखले कार्यालय मापदण्ड नै नपुग्ने स्थानमा सार्न लागेका हुन् । मासिक तीन लाख घर भाडामा सर्न लागेको समेत जनाउँदै उनी भन्छन् जगातीमा समेत नपर्ने भाडा दरमा उक्त स्थानमा कार्यालय सर्न लागेको छ जुन एक लाख पनि नजाने घर हो ।

ल हेर्नुस् सर्न लागेको भवन र बाटो

एक लाख भाडा पनि नपर्ने गल्लीको घरमा मासिक तीन लाख भाडा तिर्ने सर्तमा कार्यालय सर्दा घरबेटिले भने तीन महिनाको भाडा हाकिमलाई र प्रत्येक महिना एक लाख बुझाउने सर्तमा सर्न लागेको हल्ला कार्यालयमा चलेको समेत उनले बताए । नाम बताए जागिर जाने भन्दै उनी भन्छन् स्वास्थ्य जाँचका लागि पनि प्रत्येक वर्ष टेण्डर गरी गरिन्थ्यो पहिला रू ४० रुपैंयामा स्वास्थ्य परिक्षण गरिँदै आएकोमा हाल ६० रुपैंयामा आधा रकम आफूले पाउने गरी हाकिमले एकलौटी रुपमा अर्को मानिसलाई स्वास्थ्य जाँचका लागि ठेक्का दिएको समेत खुल्न आएको छ । ४० रुपैयाँमा नै जाँच गर्ने छँदै थिए किन ६० मा दिए त कुनै सूचना बेगर भन्दा हाकिम र उनी आसेपासेले प्रति व्यक्ति स्वास्थ्य जाँच गरेबापतको ३० रुपैँया कमिसन आफूले पाउने भएपछि रातारात स्वास्थ्या परिक्षणको ठेक्का समेत आफ्नो व्यक्तिलाई दिएको उनले बताए ।

स्वास्थ्य परिक्षण लगाएत घर भाडामा दिँदा पनि अपायक पर्ने स्थानमा सस्तो भाडा भएको ठाउँमा महँगोमा लिन अनकण्टार जानुले यातायातमा सेवा लिन आउने सेवाग्राहीलाई ठूलो मर्का पर्ने देखिएको छ । पहिला नै जाम हुने राधेराधेमा यातायात कार्यालय पनि सर्ने हो भने झन् जाम हुने छ । साँधुरो गल्लीमा पार्किङ नै नभएको स्थानमा यातायात कार्यालय सर्दा सेवाग्राही मर्कामा पर्ने त छँदै छ यातायातमा सेवा लिन जानेहरूले पनि ठूलो सास्ती बेहोर्नु पर्ने देखिएको छ । सेवा लिनका लागि लाईन बस्ने स्थान समेत नभएको साँघुरो बाटोमा यातायात कार्यालय सर्दा हाकिम र उनी निकटलाई त नाफा नै हुने देखिन्छ तर सेवाग्राहि भने धेरै मर्कामा पर्नेछन् ।

  • नोट :- यो सामग्री त्रिपुरान्युजबाट साभार गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर