कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

  असार ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं।काठमाडौंको टोखा नगरपालीका- ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर