बैंकहरूले दिने कर्जा खुम्चिँदा व्यवसायीहरूमा चरम निराशा

  कार्तिक २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २८। बैंकहरूबाट कर्जा लिएर बजारमा सबै क्षेत्रमा लगानी गर्दै आएका उद्योगी व्यवसायीहरूमा चरम निरासा र आक्रोश छाएको छ ।

यही बेला ऋणको चर्को ब्याजदरले व्यवसायीहरूको टाउको दुखाएको छ ।लगानीयोग्य पुँजीको अभावले थलिएका बैंकहरू उच्च ब्याजदरका कारण लगानीयोग्य पुँजीको लगानी रोकिएको बताउन थालेका छन् । तर आफ्ना विभिन्न कदमले विदेशी विनियमको सञ्चिति बढाउने वातावरण बनेको भन्दै राष्ट्र बैंक भने खुसी छ ।नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल विदेशी विनिमय सञ्चिति जोगाउने नाममा चालिएका अनियन्त्रणमुखी कदमका कारण अधिकांश लगानीकर्ताले पाइपलाइनमा राखेका परियोजना समेत पछाडि सार्नु परेको गुनासो गर्छन् ।

‘जति पनि मान्छेले यो वर्ष लगानीको योजना बनाएका थिए, उनीहरूले त्यसलाई पछाडि धकेलेका छन् । किनभने लगानीको वातावरण नै छैन,’ उनी भन्छन्, ‘अहिले लगानी रोकिंदाको चक्रीय असर फेरि मागको वृद्धिदरमा नै पर्न जान्छ र त्यसले सबैतिर अर्को समस्या ल्याइदिन्छ ।’विभिन्न नीतिहरू लिएर अर्थतन्त्रको समस्यालाई अतिउपचार गर्दा संकटको अवस्था निम्तिएको उनको दाबी छ । यसले लगानीको वातावरण बिगारिदिएको उनको निष्कर्ष छ ।

तपाईंको प्रतिक्रिया

थप खबर