बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो

  भदौ २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने बुधबार १० रुपैयाँले घटेको छ । चाँदीको भाउ आज प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर