आइतबार सुन-चाँदीको भाउ बढ्यो कतिमा हुँदै छ कारोबार?

  श्रावण २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर