ओलीले आफूले सम्पूर्ण सम्पति सरकारलाई दान गरिसकेको भन्दै उपचार खर्च नभएको बताए

  श्रावण २९, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्पूर्ण सम्पति सरकारलाई दान गरिसकेकोले उपचार खर्च नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू दुवैको नाममा भएका सबै सम्पति दान दिइसकेको उल्लेख गरे ।आफ्नो उपचारमा खर्च गर्नका लागि दान गरेको घरजग्गा बेच्न पनि नपाइने बताउदै उपचार खर्च नभएको अध्यक्ष ओलीले भनाइ छ ।

आफू सांसद भएकाले अलिअलि पैसा आएपनि त्यसले उपचारमा पर्याप्त नहुने उनले सुनाए ।‘आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसक्यो । ‘तपाईंहरुले गर्दिनु भयो भने हुन्छ,’ उनले भने, ‘मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’

तपाईंको प्रतिक्रिया

थप खबर