महालेखा परिक्षकको प्रतिवेदन अनुसार, देशभर ४५ हजार कर्मचारीको दरबन्दी रिक्त।

  असार ३०, २०७९

३० असार, काठमाडौं – महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले तीनै तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको जनाएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०७५ पुस ११ गते सूचना प्रकाशित गरी तीन तह कै सरकारको दरबन्दी स्वीकृत गरेको थियो ।
जसअनुसार संघमा ५२ हजार ९ सय २८ दरबन्दी स्वीकृत गरेकोमा ३७ हजार ९ सय ४४ कर्मचारी समायोजन भई १४ हजार ९ सय ८४ दरबन्दी रिक्त रहेको देखिन्छ ।

त्यसैगरी ७ प्रदेशमा २२ हजार २९७ दरबन्दी स्वीकृत भएकोमा १४ हजार ८६३ कर्मचारी समायोजन भई ७ हजार ४३४ दरबन्दी रिक्त रहेको छ । त्यसैगरी ७५३ स्थानीय तहमा ६७ हजार ७१९ दरबन्दी स्वीकृत भएकोमा ४४ हजार ३२१ कर्मचारी समायोजन भई २३ हजार ३९८ दरबन्दी रिक्त रहेको देखिएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन नभई २ हजार ४४३ कर्मचारी फाजिलमा रहेको देखिन्छ । कुल स्वीकृत दरबन्दीमध्ये संघमा २८ दशमलव ३१ प्रतिशत, प्रदेशमा ३३ दशमलव ३४ प्रतिशत र स्थानीय तहहरूमा ३४ दशमलव ५५ प्रतिशत दरबन्दी रिक्त रहेको देखिन्छ । मन्त्रालयले कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न भएको जनाए पनि फाजिलमा रहेका कर्मचारी व्यवस्थापन गरेको छैन।

तपाईंको प्रतिक्रिया

थप खबर