विवाह बन्धनमा बाँधिए शरद र इन्दिरा

  जेठ ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छिन्। परिवार र आफन्तको उपस्थितिमा मंगलबार चितवनको एक पार्टी प्यालेसमा इन्दिरा र शरदले लामो प्रेम सम्बन्धलाई विहेमा परिणत गरेका हुन्।

इन्दिराले आइतबार मेहेन्दी सेरेमोनी आयोजना गरेकी थिइन्। इन्दिराका पति शरद फेसन डिजाइनर हुन्। शरदले इन्दिरालाई हेलिकोप्टरबाट नाम्चे लगेर विहेको प्रस्ताव गरेका थिए। इन्दिराले सामाजिक सञ्जालमार्फत शरदको प्रस्तावलाई स्वीकार गरेको बताएकी थिइन्।

तपाईंको प्रतिक्रिया

थप खबर