मिडियाबाजी डटकम काठमाडौं बैशाख ३१ । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर ८ मा यही जेठ ४ गते फेरि चुनाव हुने भएको छ।वैशाख ३० मा चुनाव गरिएकोमा रद्द गर्दै आयोगले फेरि निर्वाचनको मिति घोषणा गरेको छ |
व्यास नगरपालिकाको फेदीमा दुई मतदान केन्द्रमा फेरि मतदान हुने भएको हो।यहाँ वैशाख ३० मा भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो।सोहि आक्रमणको कारण चुनाव रद्द गरिएको हो । तलको सूचना हेर्नुहोस् –
