सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

  असोज २७, २०७९

मिडियाबाजी डटकम २७ असोज, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।२० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो ।

सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर