नेपालले विश्व बैंकबाट ३५ अर्व ऋण लिने

  भदौ २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २८। सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर