मंगलबार सुनको भाउ सामान्य घट्यो

  भदौ २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने मंगलबार ३५ रुपैयाँले बढेको छ । चाँदीको भाउ आज प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर