ओली र चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष लीबीच भेटवार्ता

  भदौ २८, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं । ओली नेतृत्वको दलका प्रतिनिधिमण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र उनी नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो । नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा अध्यक्ष ओलीलगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता गरेको हो ।

सभामुख सापकोटाको निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा आएका लीले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग भने त्यसपछि सोल्टी होटलमै भेट हुनेछ । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुग्नेछन् ।लीले बुधबार बिहान भक्तपुर भ्रमण गर्ने कार्यक्रम छ ।

दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनी बिहीबार फर्कनेछन् ।राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं जनकंग्रेसअघि नजिकको मित्र लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै आएका हुन् । ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र सीपीसीको तेस्रो वरीयतामा पर्छन् ।

सीले २०७६ असोज २५–२६ मा गरेको राजकीय नेपाल भ्रमणपछि लीबाट दोस्रो ठूलो उच्च तहको भ्रमण भएको हो । सी २३ वर्षपछि नेपाल भ्रमण गर्ने चीनका राष्ट्रपति हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर