कर्मचारी कुट्ने सुन डन पक्राउ

  असार २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, आषाढ २९।अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई अनुगमनका क्रममा कुटपिट गर्ने फोहोर संकलन तथा व्यवस्थापनका ठेकेदार सुभास घिसिङ पक्राउ परेका छन् ।फोहोर संकलनको ठेक्का चलाउने उनले समितिका कर्मचारी बलराम श्रेष्ठलाई सोमबार कुटपिट गरेका हुन् । जिउभरी सुन लगाउने घिसिङ ‘सुन डन’का नामले पनि चिनिन्छन् ।

उनी गुन्डागर्दीमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । बागमती किनारमा फोहोर संकलन गरेको विषयमा समितिले पत्र लेखेर उनलाई त्यसो नगर्न चेतावनी दिँदै आएको थियो । समितिको क्युआरटी टिममा रहेका श्रेष्ठले गुहेश्वरी नयाँपुलको क्षेत्रमा अनुगमन गरी फोहोर फालेको भिडियो खिच्दै गर्दा घिसिङले कुटेका हुन् । उनलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।

कर्मचारी श्रेष्ठको टाउकोमा चोट लागेको छ । ‘हामीले निजी जग्गामा फोहोर संकलन गरेर व्यवसाय गर्न भनेर भन्दै आए पनि उनले मानेका थिएनन्,।’ समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले भने, ‘आज त अनुगमनको क्रममा कर्मचारीमाथि नै कुटपिट गरे ।’ उनले सडक नै छेकेर फोहोर राख्ने र बागमती किनारमा समेत जम्मा गर्दै आएको स्थानीयले समेत गुनासो गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर