सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

  भदौ २७, २०७९

मीडियाबजी डटकम काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि, आइतबार छापावाल सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ सोमबार पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ५० रुपैयाँ कायम रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर