मिडियाबाजी डटकम काठमाडौं। पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् ।
यसअघि उनको पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए। नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीयनिर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारीदिने घोषणा गरिसकेका छन् । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ । त्यसैगरी रञ्जु दर्शनाले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छिन्।