मिडियाबाजी डटकम काठमाडौं,मंसिर २५ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश नै जारी गर्ने तयारी भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्री भन्छन्, ‘आममाफी भन्ने शब्द छैन, तर नेगेटिभ लिस्टबाट हटाउने भनिएको छ । मुख्य सचिवले भाषा मिलाउने बाँकी छ भन्नुभएको छ ।’उनका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भयो भने रेशम छुट्ने छन् । ‘अदालतले पनि मान्नुपर्छ, अदालतको सहमति लिएको छ/छैन मलाई थाहा भएन’ ती मन्त्रीले भने।