सोह्रखुट्टेमा दुई जनामाथि खुकुरी प्रहार

  असोज २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २५। दरबारमार्गको प्लाटिनम क्लबमा काम गर्ने दुई जना बाउन्सरमाथि मंगलबार बिहान काठमाडौंको सोह्रखुट्टेमा खुकुरी प्रहार भएको छ ।

काम सकेर घर फर्किँदै गरेका नितेश राई र छिरिङ लामालाई मंगलबार बिहान अन्दाजी ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७/८ जनाको समूहले आक्रमण गरेकाे प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार पछि कुटपिटमा परेका समूह नै पक्राउ परेका थिए । सोही समूहले नितेश र छिरिङसँग बदला लिएको हुन सक्ने एक प्रहरी अधिकृत बताउँछन् ।आक्रमणबाट नितेशको खुट्टामा र छिरिङको टाउकोमा चोट लागेको छ । उनीहरूको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको र संलग्नहरूको खोजी सुरु गरिएको छ । प्लाटिनम क्लबमा काभ्रेका अमित लामासहितको समूहको लगानी छ । उक्त क्लबमा केही महिनाअघि बाउन्सरहरू नितेश र छिरिङसहितले एक समूहमाथि कुटपिट गरेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर