बेलायतमा भएको‘एक्सर्साइज क्याम्ब्रीयन पेट्रोल’ प्रतियोगितामा नेपाली सेनाद्वारा रजत पदक प्राप्त

  असोज २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २५। नेपाली सेनाले बेलायतमा सञ्चालन भएको ‘एक्सर्साइज क्याम्ब्रीयन पेट्रोल’ प्रतियोगितामा रजत पदक प्राप्त गरेको छ। गत २२ असोजमादिख सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाका सेनानी बल बहादुर आले नेतृत्वमा सहभागी १० जनाको टोलीले उक्त पदक प्राप्त गरेको हो।यस सैनिक प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सम्मिलित टिम सहभागी हुने गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।

वेल्सको ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका ८४ र नेपाल समेत अन्य २४ देशका गरि कूल एक सय ११ सैन्य टोलीहरूको सहभागिता रहेको थियो ।अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्र हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर