भक्तपुरमा ११ बर्षीय बालिका बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

  असोज २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २५। ११ वर्षकी बालिका जबर्जस्ती करणी (बलात्कार)गरेको आरोपमा प्रहरीले भक्तपुरमा एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार पक्राउ परेका सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान सुरु गरिएको छ ।सोमबार राति सूर्यबिनायक नगरपालिका-२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका-१३ ,घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको हो ।

नुवाकोट नै स्थायी घर भएकी उक्त बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरामा बस्दै आएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर