बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

  श्रावण २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर