भुवन केसीले दिए हरिहर र नीतालाई टिप्स: छिट्टै अनमोल जस्तै छोरा जन्माएर फिल्ममा खेलाउनु

  असार २७, २०७९

मिडियाबाजी डटकम काठमाडौं । युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गाना (हनी जोडी) यही असार २४ गते विवाह बन्धनमा बाँधिए । परिवार र सीमित आफन्तमाझ सम्पन्न विवाह समारोहपश्चात आइतबार असार २६ गते दरबार मार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो ।

रिसेप्सनमा भने अधिकतम कलाकारदेखि मिडियासम्मलाई निम्तो दिइएको थियो ।एकै कलरको सुट र लेहेङगामा सजिएर आएका हनी जोडीलाई देख्नेबित्तिकै मिडियाकर्मीले घेरिहाले । विवाहदेखि हनिमुन अनि बच्चासम्मको प्रश्नोत्तर गर्दागर्दै अभिनेता, निर्देशक तथा निर्माता भुवन केसीको प्रवेश भयो ।

केसीले सञ्चारकर्मीसँग हरिहर र नीताको जोडी सुपरडुपर हिट भएको बताए ।भुवनलाई मिडियाकर्मीले हनी जोडीलाई विवाहको टिप्स दिन प्रस्ताव गरे । उत्तरस्वरुप उनले सो जोडीलाई ‘अनमोल केसीजस्तो छोरा पाउन’ टिप्स दिए । उनको सुझाव थियो, ‘छिट्टै अनमोलजस्तो छोरा पाउनु । अनि फिल्ममा हिरो बनाउनु ।’

तपाईंको प्रतिक्रिया

थप खबर