गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरुलाई ‘रु १ दान अभियान सुरु

  असार २७, २०७९

मिडियाबाजी डटकम २७ असार, पोखरा । आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ छुट्याएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री तथा सत्तारुढ नेताहरुलाई ‘रु १ दान’ अभियान सुरु गरेको छ ।प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा ब्रह्मलुट चलाएको र लुटतन्त्रलाई बढावा दिएको भन्दै सोमबारदेखि अनेरास्ववियुले अभियान सुरु गरेको हो ।

अभियानका क्रममा अनेरास्ववियु कार्यकर्ताले परिवारका सदस्यलाई बजेट छुट्याउनेमा जोडिएका मुख्यमन्त्रीसहित मन्त्री, नेताहरुको तस्वीर आफ्नो अनुहारमा टाँसेर रत्नचोकमा उभिएर दान मागेका थिए ।सरकारले आफ्नो परिवारका सदस्यका नाममा सरकारी बजेट नै विनियोजन गरेर राज्यकोषको ढुरुपयोग भएको छ,’ अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले भने, ‘आफ्नो ट्रस्ट चलाउन सरकारी होइन जनताले नै दान दिन तयार छन् भनेर सिम्बोलिक विरोध गरेका हौं ।’

अनेरास्ववियुले ‘रु १ दान अभियान’ गण्डकीका ११ वटै जिल्लाबाट सुरु भएको जनाएको छ । सत्तारुढ दलले क्याबिनेटबाटै निर्णय गरेर ती शीर्षक फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पौडेलले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर