भारतीय सुरक्षाफौजको विमान लुम्बिनी अवतरण

  बैशाख २८, २०७९

मिडियाबाजी डटकम बैशाख २८ भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । यस संगै गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कुटनितिक उडान गरेको छ ।

दिल्लीबाट सोझै भैरहवा आएको यो बिमानमा एसपिजीको टोली आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि जेठ २ गते लुम्बिनी आउँदैछन् । उनको भ्रमणपूर्व सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आईपुगेका हुन् । उनीहरुलाई छाडेर बिमान आजै फिर्ता जाने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता साहले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर