मिडियाबाजी डटकम काठमाडौं | बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको अघिपछि लगातार ६ दिन सार्वजनिक बिदा हुने भएको छ । ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक बिदा हुन्छ । ३१ गते शनिवार नियमित बिदा हुन्छ । जेठ १ गते आइतबार छ । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । जेठ २ गते बुद्ध जयन्ती छ । बुद्ध जयन्तीको दिन हरेक वर्ष सार्वजनिक बिदा हुन्छ |
सरकारी पात्रोमा जेठ २ सार्वजनिक बिदा नै जनाइएको छ ।मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु बैशाख २८ गतेदेखि बन्द गरिने यसअघि नै सरकारले निर्णय गरिसकेको छ ।सरकारले बैशाख २९ गते पनि सार्वजनिक बिदा घोषणा गर्ने तयारी गरेको छ । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनका अघिल्लो दिन नै सार्वजनिक बिदा दिने अभ्यास विगतमा पनि रहेको छ ।यसरी हिसाब गर्दा चुनाव अघि र पछि गरेर ६ दिन सार्वजनिक बिदा हुने भएको छ |