चर्चित गायक राजेश ‘एकल’ सम्मानित व्यक्तित्व २०७९ द्धारा सम्मानित

  कार्तिक २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं – साँस्कृतिक कला विकास समूह, नेपालद्धारा ३३ जना स्रष्टा सम्मानित हुनुभएको छ ।

गत शनिबार अपरान्ह नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना गरिएको उक्त कार्यक्रमा सामाजिक पृष्ठभूमि समेटिएका दिग्गज व्यक्तित्वहरूलाई खादा ओढाएर सम्मानित गरिएको थियो ।बरिष्ठ समाजसेवी सुश्री भद्रकुमारी घलेको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सो कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानका साथै विभूषण पनि गरिएको थियो ।त्यसमध्ये लामो समयदेखि गायन, संगीत र शब्दरचनामा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै असंख्य गीतहरूमा आफ्नै गायन र शब्दरचनाद्धारा सबैको मन लोभ्याउन सफल व्यक्तित्वमध्ये एक हुन् राजेश ‘एकल’ ।वहाँका थुप्रै शब्दहरूमा नेपालका चर्चित हस्ती शर्मिला बर्देवा, आनन्द कार्की, रामकृष्ण ढकाल, विश्व नेपाली, एन्जेला श्रेष्ठ, बबिता मानन्धर, सुरेश मानन्धर, सुरेनमान शाक्य लगायत अरु थुप्रै गायक गायिकाहरूले स्वर दिइसक्नुभएको छ । वहाँले संगीत क्षेत्रमा।पुर्‍याउनु भएको योगदानको कदर गर्दै वहाँ यस सम्मानित व्यक्तित्व २०७९ बाट विभूषित हुनुभएको हो ।

विविध साँस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको सो कार्यक्रम अपरान्ह १ बजेदेखि शुरु भएर ५ बजे टुंगिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा बरिष्ठ आर्युर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, बष्ठि नृत्य निर्देशक अच्युत घिमिरे, चर्चित गायिक, व्यूटिसियन तथा महिला उद्यमी विद्या श्रेष्ठ, चर्चित गायिक तथा म्यूजिक कम्पोजर बबिता मानन्धर, नेकपा माओवादी केन्द्रिय नेता छबिन्द्रराज कँडेल, राजनीतिककर्मी तथा व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रा.लि. का अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोबिन्द नेपाल, बरिष्ठ नृत्य निर्देशक कमल राई, इन्जिनियर तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी, उद्योगपति तथा समाजसेवी लेख बहादुर श्रेष्ठ, व्यूटिसियन, महिला उद्यमी तथा समाजसेवी लिना सुवेदी, बरिष्ठ महिला उद्यमी, तथा नेपाली कांग्रेस जिल्ला सदस्य मञ्जु खत्री, औषधी विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, बरिष्ठ कलाकार तथा कथाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायण प्रसाद गौतम, बरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी ओमप्रकाश शर्मा, केन्द्रिय उपाध्यक्ष, जनमत पार्टी क्षेत्र नं. १ का प्रकाश सुवेदी, खबरपाटी डट कम का सम्पादक प्रेम बहादुर कार्की, समाजसेवी तथा महिला सशक्तिकरण अभियानकर्ता रजनी मल्ली, गायक, संगीतकार तथा रचनाकार राजेश एकल, भुदेव नेट जाली उद्योग, झापाका प्रबन्धक तथा समाजसेवी रामप्रसाद पोखरेल, समाजसेवी तथा महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रा.लि., बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्त बहादुर शाक्य, उद्योगपति तथा समाजसेवी शेष नारायण श्रेष्ठ, नेकपा माओवादी प्रदेश नं.१ सदस्य तथा समाजसेवी श्री प्रसाद राई, नेपाली कांग्रेस १ नेतृ सिर्जना सिंह, सामाजिक संस्था वी लभ यू फाउण्डेसन, रेकर्डिङ स्टुडियो ए लेभल ।

बरिष्ठ समाजसेवी, साहित्यकार, आर्टिष्ट सुश्री भद्रकुमारी घलेलाई कार्यक्रमका सभापति दिल बहादुर कटुवाल र कार्यक्रम संयोजक रुपक शाक्य लगायत नागरिक अगुवाहरूले विशिष्ट नागरिक अभिनन्दन प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा आउँछु भनेर प्रतिबद्धता गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बोधमाया कुमारी यादव भने कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।

तपाईंको प्रतिक्रिया

थप खबर