दसैं टिकाको दिन भारतीय नागरिक हत्या गर्ने एक व्यक्ति पक्राउ

  असोज २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २४। काठमाडौं–१९ रामघाटमा दशैंको टिकाको दिन एक भारतीय नागरिकको वीभत्स हत्या भएको खुलेको छ ।हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने भारत, कोलकात्ताका ४७ वर्षीय दिलिप आदकको हत्या भएको प्रहरीले जनाएको छ ।

उनको १९ असोजमा हत्या भए पनि प्रहरीले सार्वजनिक गरेको थिएन । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले हालै घटनामा संलग्न रहेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–२, हांसवाका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ ।

टिकाको दिन कोठा बाहिर ताल्चा लगाएको अवस्थामा भित्रबाट गन्ध आएपछि घरका अन्य मानिसहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसक्रममा आदकको शव रगताम्ये अवस्थामा भेटिएको थियो ।कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुर र मृतक केही महिनादेखि सँगै काम गर्दै आएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर