मिडियाबाजी डटकम काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
आजबाट अदालत खुलेका कारण लामिछानेलाई आज म्याद थपका लागि अदालत लैजान लागिएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका लामिछानेलाई बिहीबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ।