कालीकोटमा मलामी गएका १५ जना बेपत्ता

  असोज २४, २०७९

मिडियाबाजी डटकम काठमाण्डाै । कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका-३ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।

अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताउनुभयो।

वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया

थप खबर