मिडियाबाजी डटकम काठमाडौं , श्रावण २५। आर्थिक वर्ष २०७८/७९ मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशैभरिबाट शाखाहरूलाई दिएको लक्ष्यमा पोखरा शाखा लक्ष्य प्राप्तिमा सर्वोत्कृष्ट र बिमाशुल्क संकलनमा भएको छ भने काठमाडौंको कलंकी शाखा दोस्रो र गाईघाट शाखा तेस्रो भएको छ ।

देशैभरिबाट सर्बोत्कृष्ट शाखा प्रमुखको रुपमा कलंकी शाखाको शाखा प्रमुख रामचन्द्र (आरसी) घिमिरे भएका छन् उनले कम्पनीले दिएको बिमाशुल्क संकलनको लक्ष्य आठ करोड पचास लाखमा आठ करोड सत्तरी लाख बिमाशुल्क संकलन गरी कम्पनीले दिएको लक्ष्यभन्दा बिस लाख बढी बिमाशुल्क संकलन गरेर सर्वोत्कृष्ट भएका हुन् ।

भैरहवाको पवन प्यालेसमा यही श्रावण २१ गतेदेखि २४ गतेसम्म शाखा प्रमुखहरूको भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम प्रमुख कार्यकारी अधिकृत शुरेश प्रसाद खत्रीको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कम्पनीले दिएको बिमाशुल्क संकलनको ४० प्रतिशतसम्म रकम संकलन गर्ने शाखा प्रमुखहरूको उपस्थिति थिए।