अमेरिकामा मंकीपक्सका संक्रमितहरुमध्ये ९९ प्रतिशत संक्रमित पुरुष

  श्रावण २५, २०७९

मिडियाबाजी डटकम लस एन्जलस : अमेरिकामा देखिएका मंकीपक्सका संक्रमितहरुमध्ये ९९ प्रतिशत संक्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ । यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो ।

सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मंकीपक्सका संक्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्यांक गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मंकीपक्सका संक्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ ।

अहिले विश्वका दर्जनौं देशमा यो संक्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको संक्रमण बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मंकीपक्सका आठ हजार ९०० भन्दा बढीमा यो संक्रमण भेटिएको पाइएको छ । 

रासस÷सिन्ह्वा

तपाईंको प्रतिक्रिया

थप खबर