मिडियाबाजी डटकम काठमाण्डाै । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।अहिले प्रदेश-१, वाग्मती, मधेस, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार एक/दुई घण्टासम्म नै पानी पर्ने सम्भावना छ । उहाँका अनुसार बङ्गालको गाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो ।
बङ्गालको खाडीमा आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही ठाउँमा ठूलो वर्षा भइरहेको मौसमविद् महर्जनले बताउनुभयो।उहाँका अनुसार बारा, सप्तरी, सिन्धुली, काठमाण्डौ लगायत ठाउँमा ठूलो पानी परिरहेको छ ।
जलवाष्पयुक्त हावा बिस्तारै सरिरहेकाले एक/दुई घण्टापछि भने कम पानी पर्ने अनुमान छ । बङ्गालको गाडीमा बनेको न्यून चापीय क्षेत्रको असर भोलि र पर्सि पनि पर्ने माैसमविद्ले बताएका छन्।भोलि र पर्सि पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।