मंगलबार सुनको भाउ ६०० रुपैयाँले बढ्यो

  श्रावण २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं । मंगलबार सुनको भाउ ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर