दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु

  कार्तिक २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २२।रुपन्देहीको गैडहवा गाउँपालिका-२ मा दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किंदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र सोही स्थानका १६ वर्षीय निरज लोधको मृत्यु भएको हो । गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर