मिडियाबाजी डटकम काठमाडौं,भाद्र २३। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।
‘तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् । ‘विद्रोह हुन सक्छ नेपाली कांग्रेसभित्र । यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं । आज र भोलि भित्र उहाँहरुले केही न केही निर्णय गर्नुपर्छ ।’
सरकार बनाउन मात्र गठबन्धन गर्नेबारे सोचेको भए भविष्यमा सबै अप्ठेरोमा पर्ने धारणा राखे । त्यसैले वैदेशिक नीतिलगायतका विषयमा गठबन्धनमा रहेका सबै दलको न्यूनतम् साझा सहमति हुनुपर्ने कोइरालाको भनाइ छ ।