पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि १ को मृत्यु

  श्रावण २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं । साउन लागेयता कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेको छ । यसैक्रममा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ३५१ जनाको परीक्षण गर्दा कुल ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी, २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा त्यसमध्ये ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी गराएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् । १ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर