मिडियाबाजी डटकम काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारीलाई ९८ दिन तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गर्न सरकारी, निजी तथा गैरसरकारी सङ्घ – संस्थाहरूलाई आग्रह गरेको छ । मन्त्रालयले आज बुधवार सूचना निकालेर महिला कर्मचारीले नियमअनुसार पाउनुपर्ने बिदा नपाएको गुनासो आएको भन्दै बिदाको व्यवस्था कडाइका साथ पालना गर्न भनेको हो ।
मन्त्रालयलले निकालेको सूचनामा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी सङ्घ-संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ रहेको उल्लेख छ ।