मिडियाबाजी डटकम काठमाडौं । बुधबार सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय २५ रुपैयाँ रहेको थियो ।