काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जानाजान रात पारेर आफूमाथि बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष वयान दिएकी छन् ।
हाल क्यारेवियन लिग खेल्न देश बाहिर रहेका कप्तान लामिछानेबिरुद्ध पीडित भनिएकी नाबालिग किशोरीले मंगलबार प्रहरी वृत गौशालामा उजुरी दिएकी छन् ।आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर बलात्कार गरेको पीडितका भनाइ छ ।
प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लाे दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।उक्त समय किशोरीले आफ्नो होस्टेल रातिको ८ बजे बन्द हुने पनि भनेका थिए । तर सन्दीपले किशोरीलाई केही छिन् केही छिन् भन्दै रात पारेका थिए ।
त्यसपछि करिब ११ बजेतिर ती किशोरीलाई पिंगलास्थानको एक होटलमा लगेको पीडित किशोरीले प्रहरीलाई बताएको बताइएको छ ।होटलमा पुग्दा पनि सन्दीपलाई दुई कोठा बुक गर्न आग्रह गरेपनि नमानेको बताएकी छन् ।
उक्त बेलुका सन्दीपले आफूलाई लट्याएर दुई पटक बलात्कार गरेको प्रहरीलाई सुनाएकी छन् । ती किशोरी सन्दीपको फ्यान भएको र सामाजिक संजालबाट कुराकानी हुने गरेको जनाइएको छ ।प्रहरीले पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान थालेको र उनीहरु बसेको होटलमा सोधपुछ र सीसी टिभीसमेत संकलन गरेको जनाएको छ ।पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीको भनाइ छ ।