मिडियाबाजी डटकम काठमाडौं । आइतबार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४० जनाको पिसिआर र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।